Prof. Doctor. Prakash Raj Regmi

Loading

Articles

Nepali Article

Dr.Prakash Raj Regmi

Download

रक्सीले मुटुलाई बलियो बनाउँछ यस कारण मुटुका रोगीहरुले रक्सी पिउनु पर्छ भने धारणा सर्वसाधारणमा परेको देखिन्छ । हार्ट अट्याकबाट बच्न दैनिक रक्सी पिउनु पर्छ भन्ने खालका सन्देशहरु विभिन्न लेख रचनाहरुमा बेलाबखत प्रकाशित हुने गरेको पनि भेटिन्छ । रक्सी पिउनु हुन्छ वा हुँदैन, यसबाट फाईदा बेफाइदा के हुन्छ, यदि पिउनु हुन्छ भने कति मात्रामा पिउनु सुरक्षित हुन्छ भन्ने जिज्ञासाहरु धेरै नै व्यक्तिहरुमा रहेको पाईन्छ ।


Nepali Article

Dr.Prakash Raj Regmi

Download

Article Preview

४५ वर्षिय कृष्णबहादुरलाई छातीमा धेरै पीडा भयो । उनी उपचारका लागि काठमाडौंको एक अस्पतालको सि.सि.यू.मा भर्ना भए । सबै प्रकारका कडाभन्दा कडा औषधीको प्रयोगबाट पनि उनको छातीको पीडा कम भएन । उनलाई हृदयाघात भैसकेको थिएन, तर उपचारको बाबजूद पनि छातीको पीडा कम नभएको हुनाले हृदयाघात हुने संभावना अत्याधिक रहेको देखियो । उनको मुटुको अगाडिको भागको मांसपेशीमा रक्तसञ्चार अत्यन्तै कम भएको तथ्य इ.सि.जी. परीक्षणबाट पत्ता लाग्यो ।


Nepali Article

Dr.Prakash Raj Regmi

Download

Article Preview

बालबालिकालाई घाँटी दुख्ने, थुक निल्न गाह्रो हुने, टन्सील बढ्ने आदि स्वास्थ्य समस्या बारम्बार भैरहन्छ । यो मामुली जस्तो देखिने घाँटी दुख्ने रोगले मुटुको रोग उत्पन्न गराउन सक्छ भन्ने कुरा धेरैलाई थाहा छैन । घाँटी दुख्ने र टन्सील बढ्ने भएको बेलामा राम्रोसँग उपचार भएन भने मुटुको भल्भहरु बिग्रिने रोग बाथ मुटुरोग उत्पन्न हुन सक्छ ।


Nepali Article

Dr.Prakash Raj Regmi

Download

Article Preview

केही सयम अगाडि वीर अस्पतालको आई.सी.यू. मा एक १९ वर्षीय केटालाई उपचारार्थ भर्ना गरिएको थियो । उनले १ बोरा भारी उठाउन खोज्दा एक्कासि छाती दुखेर आयो, खल्खल्ती पसिना आयो र उनी बेहोश भए तत्काल उनलाई वीर अस्पतालको आकस्मिक सेव ाविभागमा पु¥याइयो । त्यहाँ ई.सी.जी. गरेर हेर्दा उनलाई हृदयघात अर्थात् हर्ट अट्याक भएको पत्ता लाग्यो र तत्काल सघन उपचार कक्ष (आई.सी.यू.) मा उपचारका लागि भर्ना गरियो ।


Nepali Article

Dr.Prakash Raj Regmi

Download

Article Preview

राममाया १९ वर्षीय यूवती हुन् । उनको जन्मथलो रामेछाप हो । उनी काठमाडौंको एक गार्मेण्ट उद्योगमा काम गर्थिन । बाल्यकालमै आफ्नी आमाको मृत्युको पीडा भोगेकी राममायालाई आफ्ना बाबुले सौतेनी आमा ल्याएपछि अर्को पीडा खप्न बाध्य हुनुपरेको थियो । आफ्नै घर भित्र दुःख, पीडा र अन्याय सहन नसकी गाउँकै एक युवकको पछी लागि उनी काठमाडौं भागेर आएकी थिइन् । अनेक दुःख झेल्दै, असंख्य ठाउँमा चाहार्दै, थरि थरिका व्यक्तिहरुसँग बिन्तिभाउ गर्दै बल्लबल्ल एउटा गार्मेण्ट उद्योगमा रोजगार पाएकी थिइन् उनले । उनी जस्तै अरु पनि थिए यूवतीहरु सँगै काम गर्ने र बस्ने । राममाया आफ्नै गाउँका दिल बहादुरसँग पछि लागेर भागेर काठमाडौं आएकी थिइन् । भेटघाट हुँदा हुँदै उनीहरुको दुई बीच माया पिरती बसेको थियो । चाँडै नै विवाह बन्धनमा बाँधिने योजना बनाएका थिए उनीहरुले । बाल्यकालमा भोग्नु परेको दुःख, काठमाडौं आएर गरेको संषर्घ, दिल बहादुरसँगको माया पिरती र भोलीका दिनहरुमा सुख पाउने छु भन्ने आशामा बाँच्दै आएकी थिइन् राममाया ।


Nepali Article

Dr.Prakash Raj Regmi

Download

Article Preview

हिजो आज मुटु रोग बारे व्यापक चर्चा छ । उच्चरक्तचाप, उच्चरक्त कालेष्टेरोल, यूरिक एसिड, मधूमेह, हृदयघात घर घरको समस्या भैसकेको छ । मुटुका रोगीहरुले अस्पतालहरु खचाखच भरिएका छन् । नयाँ नयाँ नीजि अस्पताल र नसिंङ होमहरु खुलि राखेका छन् । लगानी कर्ताहरु स्वास्थ्य सेवामा प्रशस्त मात्रामा पसा लगाउन इच्छूक देखिन्छन् । किनकी फष्टाई रहेको देखिन्छ, स्वास्थ्य सेवाको ब्यापार । बढी रहेको छ मुटुका रोगीहरुको संख्या÷महंगो छ मुटु रोग उपचार सेवा ।


Nepali Article

Dr.Prakash Raj Regmi

Download

Article Preview

उच्च रक्तचाप अर्थात हाई ब्लड प्रेशर मुटुसंग सम्बन्धित रोग हो । यो रोगले हिजो आज धेरै चर्चा पाएको छ । ब्लड प्रेशरले हानेर यूवावस्थामै मानिसहरुको मृत्यु भएको समाचार वेला वखत सुन्न पाइन्छ । ब्लड प्रेशरले असर गरेको खण्डमा पक्षघात, अन्धोपन, हृदयघात, मिर्गौला फेल आदी हुन सक्छ भन्ने बारे पनि धेरै चर्चा परिचर्चा भैसकेको छ । ब्लड प्रेशरको नाम नसुनेका मानिसहरु यो विश्वमा कमै होलान् । संसारभर ३० वर्ष काटेका ३०% भन्दा बढी जनसंख्या ब्लडप्रेशर बढ्ने रोगबाट पीडित छन् भनि सुन्दा कसैलाई अचम्म लाग्ला । तर यो यथार्थ हो । नेपालका गाउँघरहरुमा १८ वर्ष काटेका २०% जनता यो रोगबाट पीडित छन् । सहर वजारको कुरा गर्ने हो भने १८ वर्ष काटेका २५–३० प्रतिशत जनतालाई ब्लड प्रेशर बढ्ने रोग छ । यसैबाट यो प्रमाणित हुन्छ कि यो रोग धेरै मानिसहरुमा छ र यस बारे सबैले थाहा पाउनु जरुरी छ ।


Nepali Article

Dr.Prakash Raj Regmi

Download

Article Preview

मानव शरिरमा नियमित रुपले आफ्नै तालमा चलिरहने एक मात्र अङ्ग मुटु हो । मुटुको यो नियमित चाललाई ढुकढुकी भन्ने गरिन्छ । स्वस्थ मानिसमा प्रति मिनेट ६० दखि १०० पल्ट मुटु घड्किन्छ । हिसाब गर्दा थाहा हुन्छ कि मुटु १ दिनमा १ लाख भन्दा बढी पल्ट ढुकढुक गर्छ । यति धेरै पल्ट धड्किने भएता पनि साधारण अवस्थामा कुनै पनि व्यक्तिले मुटु धड्किएको थाहा पाउदैन । तर जब मानिसलाई दुःख पर्छ, डर त्राश उत्पन्न हुन्छ, खुशीले मन उत्तेजित हुन्छ तब एकाएक मुटु बेस्सरी धड्किएको अनुभव हुन्छ । यसैबाटै थाहा हुन्छ कि मुटुको ढुकढुकीको सम्बन्ध मानिसको मन र मस्तिष्क सँग छ । मन र मस्तिष्क उत्तेजित भएको अवस्थामा मुटुको ढुकढुकीको अनुभव मानिसले गर्दछ । यस बाहेक मुटुको धड्कनका धेरै प्रकारका खराबीहरु छन् जसका कारण मुटुको ढुकढुकीमा गडबडी आउँछ र मानिसले आफ्नो मुटु छाती भित्र बेस्सरी हल्लिएको अनुभव गर्दछ ।


Nepali Article

Dr.Prakash Raj Regmi

Download

Article Preview

नेपाल लगायत दक्षिण–पूर्वी एसियामा पछिल्लो दुई दशकमा स्वास्थ क्षेत्रमा धेरै ठूला परिवर्तनहरु भएका छन् । यस क्षेत्रमा देखिएको आर्थिक, सामाजिक र वातावरणीय परिवर्तनका साथै मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण मुटुरोग, मस्तिष्कघात, क्यान्सर, दम–खोकी, मधुमेह जस्ता नसर्ने रोगहरु (Non-Communicable Diseases) को प्रकोप बढ्दै गएको पाइएको छ । १९ औं शताब्दीमा मानवमृत्युको प्रमुख कारण सरुवा रोगहरु (Communicable Diseases) र कुुपोषण थिए । २० औं शताब्दीको सुरुसम्म पनि नसर्ने रोगहरुबाट मृत्यु हुनेहरुको संख्या १० प्रतिशतभन्दा कम थियो । २१ औं शताब्दीको सुरुमा आइपुग्दा यी रोगहरुबाट विश्वभर मर्नेहरुको संख्या ५४ प्रतिशत पुगेको छ ।


Nepali Article

Dr.Prakash Raj Regmi

Download

Article Preview

अज्ञानताको रोग मुटुका धेरै रोगहरु मध्ये बाथ ज्वरो र बाथ मुटुको रोग एक खतरनाक रोग हो । यो रोगले बिशेषगरी बालबालिका र युवाहरुलाई प्रभाव पार्दछ । हाम्रो देश अविकशित देश हो । हाम्रो देश र हाम्रो जस्तै अविकशित देशहरुमा बाथ ज्वरो र बाथ मुटुको रोगका कारण बर्षेनी धेरै बाल बालिकाहरुले अकालमै ज्यान गुमाई रहेका छन् ।

This is to notify you that, you need to have an appointment prior to the checkup.

For Appointment Call Now

Nepal Heart Clinic, Jhamsikhel, Lalitpur +977 01-5530126/9849201623

X