
यो पुस्तिका प्रकाशनको प्रमुख उद्धेश्य नेपाली जनतालाई उच्च रक्तचाप बारे साधारण ज्ञान दिलाई यस रोगको नकारात्मक परिणाम बारे सजक गराउनु र यसको नियन्त्रण र उपचार प्रति विस्वास जागृत गराउनु हो | यो पुस्तिका पूर्ण रुपले रोगीहरुको लागि लेखिएको छ | उच्च रक्तचापको नियन्त्रण तर्फ ठोस कदम चाल्न सकेको खण्डमा हृदयघात र मस्तिस्कघात द्वारा मर्नेहरुको संख्यामा ५०% ले कमी आउछ भन्ने कुरामा मैले विश्वास राख्दछु | जनस्वास्थ्य सुद्रिढीकरण क्षेत्रमा स्वास्थ प्रति जनचेतना जागृत गराउने खालका सामाग्रीहरुको अभाव देखिएको नेपाली समाजमा यो पुस्तिकाको प्रकाशनले थोरै मात्र भए पनि सकारात्मक योगदान दिने छ भन्ने आशा राख्दछु |

Rheumatic Fever and Rheumatic Heart Disease
Nepali Book
Dr.Prakash Raj Regmi
Publication year: 2000
Abstract
यो पुस्तक भन्दा अगाडी पनि मैले “नेपालमा बाथ-ज्वरो र बाथ-मुटुको रोग” नामक पुस्तक लेखेको थिए, जसलाई नेपाल हृदय रोग निवारण प्रतिष्ठान, ललितपुर शाखाले प्रकाशित गरिदिएको थियो | धेरै व्यक्तिहरुले सो पुस्तक अझै सरल भाषामा र गाउले तथा साधारण व्यक्तिले पनि बुझ्ने गरि लेखिदिन अनुरोध गरे | यसै अनुरोधलाई ध्यानमा राखी “वाथ-ज्वरो र बाथ-मुटुको बचाऊ र अरुलाई पनि बचाऔ भन्ने सन्देस गाउँ-गाउँमा पुर्याउन सकियोस भन्ने उद्धेश्य लिई यो सानो पुस्तिका प्रकाशित गरेओ छु |

Abstract
यो पुस्तक भन्दा अगाडी पनि मैले “नेपालमा बाथ-ज्वरो र बाथ-मुटुको रोग” नामक पुस्तक लेखेको थिए, जसलाई नेपाल हृदय रोग निवारण प्रतिष्ठान, ललितपुर शाखाले प्रकाशित गरिदिएको थियो | धेरै व्यक्तिहरुले सो पुस्तक अझै सरल भाषामा र गाउले तथा साधारण व्यक्तिले पनि बुझ्ने गरि लेखिदिन अनुरोध गरे | यसै अनुरोधलाई ध्यानमा राखी “वाथ-ज्वरो र बाथ-मुटुको बचाऊ र अरुलाई पनि बचाऔ भन्ने सन्देस गाउँ-गाउँमा पुर्याउन सकियोस भन्ने उद्धेश्य लिई यो सानो पुस्तिका प्रकाशित गरेओ छु |

Abstract
ज्यादा शरीरको वजन (मोटोपन) आज विश्व भरिनै ठुलो समस्याको रुपमा देखा पर्न थालेको छ । खास गरी विकसित मुलुकहरुमा र अरु मुलुकहरुमा पनि शहरी क्षेत्रमा धेरै जसो ब्यक्तिहरु यस समस्याबाट पीडित भएको देखिन्छ । यसरी वजन ज्यादा हुनुको मुख्य कारण जरुरत भन्दा ज्यादा भोजन र आवश्यक भन्दा कम ब्यायाम गर्नुले नै हो ।

Prevention and Control of Heart Diseases
Nepali Book
Dr.Prakash Raj Regmi
Publication year: 2006
Abstract
नेपालमा मुटुका रोगहरुको उपचार सुबिधामा उल्लेखनिय वृद्धि भएको तर रोगको रोकथाम तर्फ कतैबाट प्रयास भएको देखिदैन । मुटुका धेरैजसो रोगहरु जिवनशैलीसँग सम्बंधित भएको जीवनशैली परिवर्तनबाट मात्रै पनि प्रतिशत मुटुको रोगको रोकथाम गर्न सकिन्छ । जीवनशैली परिवर्तनबाट मात्रै पनि ९० रोगहरुको रोकथाम गर्न सकिन्छ | मुटु रोगको उपचारको साथसाथै मुटुरोगको रोकथाम र नियन्त्रण कुराहरुलाई एकसाथ लिएर अगाडिबढ्नुपर्ने आवश्यकता बोध भएको हुनाले यो पुस्तक तयार पारेको हुँ ।

Abstract
एस. एल.सी. पास गरि प्रमाण पत्र तहमा प्रवेश लिने बेलामा आएर बल्ल भविष्यमा डाक्टर बन्ने ईच्छा हृदयमा पलायो । प्रमाण पत्र तहमा प्रवेश लिदा विज्ञानको क्षेत्रमा भौतिक शास्त्र र जीव शास्त्र मध्ये एउटा विषय छान्नु पर्ने हुन्थ्यो । इञ्जिनिएर बन्ने भए भौतिक शास्त्र अनि डाक्टर बन्ने भए जीव शास्त्र लिई पढ्नु पर्छ भनी आफुभन्दा अनुभवीहरूले सुनाउने गर्दथे । डाक्टरी पेशा अरू भन्दा प्रतिष्ठित मानिने भएर नै होला डाक्टरै बन्ने इच्छा जागेर आयो । कुनै पनि जीवित प्राणीका लागि सबैभन्दा नजिक, सबैभन्दा प्यारो आफ्नो शरीर हुन्छ । यसै शरीरलाई रोग लागेको बेलामा रोग मुक्त पारि दिनु साथै रोग नलाग्ने उपायहरू उसलाई बताई दिनु–यही हो साधारण रुपमा डाक्टरको काम ।

Abstract
मुटुका रोगहरुको उपचारका साथै रोकथाम र नियंत्रण कार्यमा मद्धत पुगोस भन्ने उद्धेश्यले मैले यो निर्देशिका तयार पारेको हुँ । डाक्टरहरुले बिरामीको रोगको उपचार गर्ने क्रममा पुर्जामाऔषधि मात्र लेखिदिन्छन तर जीवनशैली ब्यवस्थापनका कुराहरुको जानकारि दिदैनन भन्ने आरोप धेरैले लगाउने गर्छन । रोगको उपचारका क्रममा औषधि सेवन गर्ने सल्लाहका साथै अब्यस्थित जिवनशैलिलाई परिवर्तन गरि यवस्थित र स्वस्थ बनाउने सल्लाहसमेत रोगिलाई प्रेसक्रिप्सनका रुपमा दिनुपर्छ । अनि यसलाई ब्यवहारमा उतार्ने पद्धतिसमेत रोगिलाई बताईदिन सक्यो भने रोगिको उपचार परामर्श पूर्ण हुन जान्छ । यस कार्यलाई सहज बनाउन मैले यो सानो पुस्तिका तयार पारेको हु ।

Rheumatic Fever and Rheumatic Heart Disease : Diagnosis, Management and Prevention – a training manual for health professionals
English Book
Dr.Prakash Raj Regmi
Publication year: 2017
Abstract
Rheumatic Fever (RF) and Rheumatic Heart Disease (RHD) in children and adults continue to remain one of the major public health problems in Nepal. Prevention of RF/RHD is possible and cost effective. Efforts are being made by Nepal Heart Foundation (NHF) to address this issue by implementing RHD control program in collaboration with the Government of Nepal (GoN) which is supported by Foreign Partners like World Heart Federation, Rotary International, Australian Aid, Medtronic Philantropy and Edwards Lifesciences Foundation.